प्रेमराज जोशी दार्चुला कात्तिक २८ । जिल्ला बर्ड फ्लु समन्वय समितिको गोष्ठि सम्पन्न भएको छ । आईतवार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा जिल्ला प्रशासन कार्यालमया गोष्ठि सम्पन्न भएको हो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख चन्द्रकान्त पन्तले जिल्ला लगायत देशभरको हालको अवस्था बर्ड फ्लु संक्रममा शुन्य रहेको जानकारी गराउनु भएको थियो ।
नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग बर्ड फ्लु भएकाले यसवाट आफु र आफ्नो परिवारलाई वचाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिनु भएको छ । पक्षीको प्वाँखहरु, नाकवाट निस्कने तरल पदार्थवाट यो रोग मानिसमा संक्रमण हुने भन्दै कार्यालय प्रमुख पन्तले यसवाट सचेत रहन आग्रह गर्नु भएको छ । पछिल्लो समय नेपाल अधिराज्यभरमा बर्ड फ्लु संक्रमण नदेखिनुको पछि शुरक्षा निकायको पुर्ण निगरानी रहेको भन्दै सुरक्षा निकायलाई विशेष धन्यवाद दिनु भयो । गोष्ठिमा उद्योग वाणिज्य संघका महासचिव मिलन अवस्थीले वजार अनुगमनको पाटो फितालो रहेको भन्दै भारतवाट आयातित अण्डा र माछा मासुमा पुर्ण रोक लगाउनु पर्ने वताए । बजारमा खोज्दै जाने हो भने ४÷५ सय क्यारेट भारतिय अण्डा पाईने भन्दै बजार अनुगमन राम्रो सँग गर्नु पर्नेमा जोड दिनु भयो ।
जिल्ला सदरमुकाम खलंगाको बजार क्षेत्रमा भारतिय सेतो अण्डाको अवस्था भयावह रहेको सरोकारवलाहरुले गोष्ठिमा जानकारी गराउनु भएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी एवम बर्ड फ्लु समन्वय समिति अध्यक्ष जोत्स्ना भट्ट जोशीको अध्यक्षता तथा समन्वय प्रमुख करविर बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिले सिमा नाकामा अवैद्य रुपमा नेपाल भित्रिने अण्डा, माछा, मासु, दाना, लगायतका सामाग्रीलाई पुर्ण रुपमा नियन्त्रण गर्ने र भारतीय सेतो अण्डाको वजारमा विगविगी रहेका कारण वजार अनुगमन गर्ने निर्णय पारित गरेको छ ।
गोष्ठिमा सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशी, जिल्ला समन्वय समित प्रमुख करविर बहादुर कार्की, माहाकाली नगरपालिका उपप्रमुख शुना वोहरा, गुरु गोरख गुल्म दार्चुलाका प्रमुख कृष्णचन्द्र ठकुल्ला, शसस्त्र प्रहरी वल नेपाल नं. ४४ गण हेडक्वाटर दार्चुलाका शसस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपि) विरसिह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रहरी नायव उपरिक्षक (डिएसपि) मनोहर प्रसाद भट्ट, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट, उद्योग वाणिज्य संघका महासचिव मिलन अवस्थी, नेपाल रेडेक्रस जिल्ला शाखा दार्चुलाका सभापति गोपाल सिह महर, पशु क्यारेन्टाईन, नेल्टा जिल्ला अध्यक्ष लगायत पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
बर्ड फ्लु सङ्क्रमित मान्छेमा देखिने लक्षणहरु
चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन् । सङ्क्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन ।
खोकी लाग्छ, ज्वरो आउँछ
टाउको दुख्छ, जाडो लाग्छ
हाछ्युँ आउँछ
मांसपेशीमा पीडा हुन्छ
नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन् ।
कसरी बच्न सकिन्छ ?
खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।
तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन । उनीहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ।
कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन ।
काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ ।
चिकित्सकहरूका अनुसार निम्न कुरामा ध्यान दिन सके बर्ड फ्लूबाट बच्न सकिन्छ ।
पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ ।
खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ ।
काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ ।
चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ ।
व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन ।
बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ ।
फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ ।
मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ ।
फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ ।