बैतडी–दार्चुला घर भएका एकजना चरेश सहित बैतडीमा पक्राउ परेका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ का ४६ बर्षीय दानसिंह धामीलाई बैतडी प्रहरीले शुक्रबार साँझ चरेश सहित पक्राउ गरेको हो । बैतडीको डिलाशैनी गाउँपालिका २ गन्नामा धामीलाई ७ सय ५० ग्राम चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । गन्नाबाट गोकुलेश्वरतर्फ आइरहेका धामीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका धामी माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनी माथि लागू औषध मुद्दामा अनुसन्धान भइरहेको छ ।
