दार्चुला कात्तिक 28 । जिल्लाकै सर्वाधिक धनराशी भएको स्वर्गीय विरपल परुली धामी स्मृति वडा स्तरिय महिला तथा पुरुष भलिबल संम्पन्न भएको छ । यहि कात्तिक २२ गते देखी औपचारीक रुपमा सञ्चालन भएको खेल आईतवार सम्पन्न भएको हो । आयोजना जनहित युवा समाज र महादेव वाल क्लव नौगाड १ लक्सेरीले गरेको थियो ।

प्रतियोगितामा पुरुष तर्फको उपाधि आदर्श युवा समाज सुन्सेरा व्याँस–४ र महिला तर्फको उपाधि नौगाड–६ धुलिगडाले हात पारेको छ । पुरुष तर्फ जागरुक युवा समाज व्याँस–३ द्धितिय र जनहित युवा समाज नौगाड–१ तृतिय भएको भलिबलका राष्ट्रिय खेलाडी तथा रेफ्री भोजराज जोशीले जानकारी दिए ।

यस्तै महिला तर्फको भलिबल प्रतियोगितामा द्धितिय स्थान लक्सेरी र तृतिय स्थान नौगाड–५ ले हात पारेको उनले बताए । पुरुष तर्फको प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुने टिमलाई क्रमशः १ लाख १ हजार १ सय ११, ७५ हजार ५ सय ७५ र ५० हजार ५ सय ५५ रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

महिला तर्फ भने प्रथम पुरस्कार २५ हजार, द्धितिय २० हजार र तृतिय १५ हजार रहेको महादेव वाल क्लवका अध्यक्ष जवन सिह डडालले जानकारी दिए ।

आर्थिक स्रोत अधिबक्ता प्रेमसिह धामी (तापव) वाट २ लाख रुपैया प्राप्त भएको छ । यो प्रतियोगिता धामीका आमा वुवाको सम्झनामा विगत केहि वर्ष देखी संचालन गर्दै आईरहेका छन ।

टिम दर्ता शुल्क पुरुष तर्फ ८ हजार र महिला तर्फ २ हजार ५ सय रहेको अध्यक्ष डडालले जानकारी दिए । स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्ने र महिला तथा युवा हरुको खेल प्रति आर्कषण बढाउने उदेश्यले संचालन भएको हो । जनहित युवा समाज लक्सेरीको खेलमैदानमा खेल सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय