दार्चुला-खलंगा-दल्लेख सडक खण्डको मालबेला पहिरो भएको ठाउँमा जीप दुर्घटना हुनबाट जोगिएको छ । शनिवार महाकाली नगरपालिका-३ काटैबाट खलंगातर्फ आइरहेको ना १ ज ३०७१ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो । बिहान १० बजेतिर मालबेला पहिरोको छेउ नजिकै ब्रेक फेल भएपछि जीप सडकबाट अघि बढेर भीरमा अड्किएको हो । जीपमा ६/७ जना सवार रहेका थिए । उनीहरु सकुशल रहेका छन् । भीरमा अड्किएको जीप निकाल्ने प्रयास भइरहेको छ । अहिले उक्त सडक अवरुद्ध बनेको छ । बिहिवार मात्रै सोही सडक खण्डको डुङरीमा अर्को जीप पनि पल्टिएको थियो ।
