दार्चुला-आज बिहान १० बजेतिर दार्चुलाको गोकुलेश्वरका एक व्यक्तिले दार्चुला-बैतडी जोड्ने चमेलिया माथिको मोटरेवल पुल बन्द गरे । आफ्नो जग्गामा मोटरेवल पुल निर्माण भएको भन्दै उनले एकाएक मोटरेवल पुल बन्द गरेका हुन् । शैल्यशिखर नगरपालिका-९ बस्कोटका तिलक साउँदले बासको बार लगाएर केहि समय मोटरेवल पुलमा आवागमन बन्द गरेको ईप्रका गोकुलेश्वरले जनाएको छ । पुलमा आवतजावत बन्द गरेपछि अहिले साउँदलाई ईप्रका गोकुलेश्वरले नियन्त्रणमा लिएको छ । भने पुलमा आवागमन सुचारु गरिएको छ । यस सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय