दार्चुला कात्तिक २८ । गत वर्ष सरकारले भारतसँगको निर्भरता हटाउन रणनीतिक महत्वको २२ बुँदे एकीकृत कार्ययोजना बनायो । तीन तहको सरकारको समन्वयमा काम गर्ने भन्दै कार्ययोजना तयार भयो । ०७६ कात्तिक १६ गते कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी भएपछि रणनीतिक महत्वको कार्ययोजना तयार गरिएको हो ।
त्यो बेला हेलिकप्टरमार्फत घुम्न आएका मन्त्री, सचिव देखि उच्चपदस्थ अधिकारीहरुले व्याँसको महत्व बुझेजस्तो गरेका थिए । व्याँस गाउँपालिकाका लागि सुरक्षा व्यवस्थापन, स्वास्थ्य, सीमा प्रशासन, भन्सार, सडक, लगायतमा समग्र विकास गर्ने कार्ययोजना तयार थियो ।
गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, सञ्चार, शिक्षालगायत मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र व्यास गाउँपालिकासँग समन्वय गरेर रणनीतिक महत्वको कार्ययोजना बनाएको जनाएको थियो ।
तर कार्ययोजना अनुसार व्यासमा कार्यक्रम भने कार्यान्वयन हुन सकेनन् । न कुनै भारतीय निर्भरता हटाउने भनेको सरकार योजनाअनुरुप व्यासीले आफ्नै भूगोल भएर हिड्नै पाए । अहिले आफ्नै नागरिकलाई आफ्नै भूमी भएर गाउँ आवतजावत गर्ने बाटो बनाउन सकिरहेको छ । व्याँस १ छाङ्गरुका जगतीश ऐतवाल सरकार भइदिएको भए कम्तीमा छाङ्गरु तिङ्करका नागरिकले हिड्न मिल्ने गरी नेपाल भूमी भएर पैदल बाटो बनाउन सक्थ्यो ।
गत असारमा आएको बाढिपहिरो पछि दर्जनौ ठाउँमा अहिले छाङ्गरु जोड्ने घोरेटो बाटो अवरुद्व छ । व्यासीहरुको मङसिर पहिलो सातादेखि सदरमुकाम खलंगा कुञ्चा अर्थात बसाई सराई सर्ने योजना छ । तर दुई वर्षदेखि यहाँका नागरिकले आफ्नै भूमी भएर आउजाउ गर्न पाएका छैनन् ।
भारतीय सडक खन्दा नेपालतिर बढि क्षति भएको छ । ठाउँ ठाउँमा बाटो भत्किएर बनाउनै नसकिने अवस्थामा पुगेको छ । व्यास १ का वडाअध्यक्ष अशोकसिह बोहरा व्याँसको छाङगरुदेखि कल्जुसम्मका विभिन्न ठाउँमा बाटो अवरुद्व भएको बताउनुहुन्छ । सामान्य बजेटले बाटो बन्ने अवस्था देखिदैन्, अध्यक्ष बोहराले भन्नुभयो, बाटो बन्न नसक्ने भएपछि यो क्षेत्रबाट यो पटक पनि कुञ्चा सर्ने अवस्था छैन् ।
ऐतवाल भन्नुहुन्छ ‘यो पटकपनि भारतीय बाटो हिड्नुको विकल्प छैन् । भारतीय निर्भरता हटाउने उद्देश्य लिएको सरकारी कार्ययोजना कता हरायो । व्यासीहरुले जहिल्यै भारतीय बाटो नहिडे भोकै बस्नुपर्ने हुन्छ । हामीसँग अहिले भारतीय बाटो प्रयोग गर्ने अनुमति छ, त्यही आधारमा खलंगा झर्छौ उहाँले भन्नुभयो । सारथी खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय