दार्चुला-निजामती सेवा दिवस २०८१ को अवसरमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद पुरस्कृत हुनुभएको छ । सरकारले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँदसहित देशभरबाट ४० जना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी ४० जना पुरस्कृत भएका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँद निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित सम्मानित भएका छन् । यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जनालाई एक लाख रुपैयाँ नगद र अन्य ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीलाई ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । यसैबिच बैतडी घर भएका खरिदार जोशी दार्चुलामा पुरस्कृत-जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत बैतडीकाे डिलाशैनी गाउँपालिका घर भएका खरिदार सागर दत्त जोशी पुरस्कृत भएका हुनु भएकाे छ । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले खरिदार जोशीलाई नगद सहित पुरस्कृत गरेको हो । २०७५ सालदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत जोशीले उत्कृष्ट कार्यसम्पादन गरेकाले निजामती सेवा दिवसको अवसरमा सम्मान सहित पुरस्कृत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयाे ।शनिवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू र प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले उनलाई पुरस्कृत गरेका हुन् । उनलाई नगद ५ हजार सहित प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय