दार्चुला-दार्चुलामा प्रहरीले ६ लाख बढीको अवैध बिडी, सलाई र सुर्ती बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट ६ लाख ३३ हजार बराबरको बिडी, सलाई र सुर्ती बरामद गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताए । गोकुलेश्वरबाट खटीएको प्रहरी टोलीले म १ ज २२० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट ल्याएका घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र हाईक्लास सुर्ती ३ बोरा बरामद गरिएको प्रहरी निरीक्षक ऐरीले बताए । चालक फरार भएपनि जीप प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
