दार्चुला कात्तिक २८ । जिल्लाको दुहु गाउपालिकाका बाढी पहिरो पीडितहरुलाई नेकपा एमाले पार्टीले सहयोग रकम हस्तान्तरण गरेको छ । गत भाद्र १३ गते रातिको अविर वर्षाका कारण दुहुँमा करोडौको धनजनको क्षति भएको थियो । प्रतिनिधि सभा सदस्य तथा पूर्ब मन्त्री गणेश सिह ठगुन्ना आफै दुहुँ गाउँपालिका पुगी आईतवार १ लाख २१ हजार रुपैया सहयोग गर्नु भएको हो ।
त्यस्तै युवा सघंका तर्फबाट युवा सघं जिल्ला अध्यक्ष अनिल ठगुन्नाले १ लाख रुपैयाँ दुहु गाउपालिका बाढी पहिरो पीडित सहयोग संकलन समितिका संयोजक लोकेन्द्र बहादुर वमलाई हस्तान्तरण गर्नु भएको हो । दुखको वेला सहयोगी हातहरुलाई समितिले विशेष धन्यवाद दिएको छ ।