काठमाण्डौ कात्तिक २८ । आईसीसी टी–२० विश्व कप २०२१ को फाइनलमा आज आइतवार अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । आज अस्ट्रेलिया र न्युजिल्यान्डमा जसले जिते पनि विश्वले नयाँ टी–२० च्याम्पियन पाउनेछ ।

न्युजिल्यान्ड टिम ६ वर्षमा आईसीसी प्रतियोगिताको चौथो फाइनल खेल्न लागेको हो । न्युजिल्यान्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्व कप र यही वर्षको जुनमा टेस्ट च्याम्पियनशिपको फाइनल पनि खेलेको थियो, टेस्टमा भने यो टिम विश्व च्याम्पियन हो ।

पाँच महिनामा केन विलियमसनको टिम दोस्रो पटक विश्व च्याम्पियन बन्न सक्छ । विलियमसनको नेतृत्वमा टिमको यो दुई वर्षमा तेस्रो आईसीसी फाइनल हो । पछिल्लो एकदिवसीय विश्व कप बाहेक टेस्ट च्याम्पियनशिपमा पनि पनि किवी टिमको कप्तानी विलियमसनले गरेका थिए ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।

आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया मात्र एक पटक सन् २०१० मा फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय