दार्चुला-नेपाली काँग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न्न भएको छ ।

आइतवारदेखि सुरु भएको प्रदेश सभा क्षेत्रीय सम्मेलन विभिन्न निर्णय गर्दै सोमवार सम्पन्न भएको हो । क्षेत्रीय सम्मेलन नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ का उपसभापति गोपाल सिंह कार्कीको अध्यक्षता जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख एवं काँग्रेस दार्चुलाका उपसभापति महादेव बडूको प्रमुख आतिथ्यता र काँग्रेस नेता एवं प्रशिक्षण विभागका सदस्य प्रमोदहरी गुरागाईको विशिष्ट आतिथ्यततामा उद्घाटन गरिएको हो । दोस्रो क्षेत्रीय सम्मेलन विभिन्न निर्णय गदै्र्र सम्पन्न भएको नेपाली काँग्रेस दार्चुला प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव पुष्कर राज जोशीले जानकारी दिनुभयो ।

क्षेत्रीय सम्मेलन सम्पन्न भएपश्चात पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरिएको थियो । प्रदेशसभा क्षेत्र नम्बर १ का सचिव जोशीका अनुसार काँग्रेसले असोज देखि सय दिने अभियान संचालन गर्दै ५ वटा पालिका र ३४ वटा वडाको सम्मेलन सम्पन्न गर्दै प्रशिक्षण कार्यक्रम गर्ने जनाउनुभयो । सोही अवधिमा क्रियाशिल सदस्यता नविकरण गर्ने पनि जनाइएको छ । यस्तै काँग्रेसले स्थानीय तहको काम कारवाहीलाई नियाल्दै खबरदारी गर्ने जनाएको छ ।

दुई दिनसम्म चलेको क्षेत्रीय सम्मेलनले राष्ट्रिय स्वाधिनता सँग जोडिएको त्रिदेशीय नाका टिंकर जोड्ने सडकको निर्माण कार्य बढीमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गर्न नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै महाकाली कोरिडोरको ब्रह्मदेव–खलंगाको दूरी २ सय ९१ किलोमिटर हुने गरी सडक निर्माण कार्य भइरहेकाले यसको दूरी २ सय किलोमिटर भित्र रहने गरी निर्माण कार्य र डिपीआर बनाउन महाकाली कोरिडोर सडक योजनालाई आग्रह गर्ने निर्णय गरिएको छ ।

प्रदेश गौरबको आयोजनाको रुपमा रहेको खलंगा–खार देथला सडक खण्डमा बाढी पहिरो र अवरुद्धको अवस्थालाई मध्यनजर गर्दै दीर्घकालिन समस्या समाधानका लागि डिपिआर तयारी गरी ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । साथै जिल्ला अस्पताल दार्चुलालाई भवन निर्माणमा भइरहेको ढिलाई प्रति गम्भीर चासो व्यक्त गर्दै निर्माण कार्यमा तीव्रता ल्याउन पहल गर्ने र अस्पतालमा न्युनतम सेवा प्राप्त गर्न समेत कठिन भइरहेकोले दुर्गम हिमाली जिल्लाको अस्पताललाई विशेष महत्वको नीति तय गरी दरबन्दी अनुसारको पदपूर्ति गर्ने, आधुनिक प्रयोगशाला निर्माण, सीटी स्क्यान, एमआरआइ जस्ता आधुनिक स्वास्थ्य उपकरणको व्यवस्थाको लागि पहल गर्ने निर्णय गरिएको सचिव जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय