धनगढी कात्तिक २९ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सुदूरपश्चिमको धनगढी पुगेका छन्। चन्द भोलि धनगढीमा आयोजना गरिएको आमसभालाइ सम्बोधन गर्नका लागि आज धनगढी पुगेका हुन्। भोलि धनगढीको पार्कमोडमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आमसभाको आयोजना गरेको छ। उनीसँगै नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि धनगढी पुगेका छन्।

चन्द नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक बस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेपाल बन्दको घोषणा पनि गरेको छ। विप्लवले एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन्। विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार÷प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन्।

‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।’ विज्ञप्तिमा भनिएको छ। धनगढीमा पनि जुलुस, प्रर्दशन तथा आमसभा र नेपाल बन्दसम्मका कार्यक्रमहरू गरिने बताइएको छ। दिनेश खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय