दार्चुला-दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंह सहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए । उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट प्रकाश दाहाल आउने भएका छन् ।

   यस्तै अघिल्लो महिना (भदौ १७ गते) मात्रै दार्चुलामा कार्यरत प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको सरुवा भएको थियो । उनको ठाउँमा प्रहरी निरीक्षक कान्ति राज जोशी दार्चुला आएका छन् । असोज महिनादेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ४१ एसपी र १४३ डिएसपीहरुको काज तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय