बैतडी-जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा पहिरोले एक घर पुरिएको छ । गएराति घर माथिबाट पहिरो खस्दा जोखल्लीका स्थानीय सुरेन्द्र रोकायाको घर पुरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले रोकायाको घर पुरिएको हो । पहिल्यै पहिरोको जोखिममा रहेको घर पुरिएको बैतडी प्रहरीका सूचना अधिकारी जनक ढुंगानाले बताए । उनले भने, ‘उक्त घर पहिलादेखि पहिरोको जोखिम थियो । हिजो वर्षा सुरु हुनेवित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सारिएको हुनाले क्षतिबाट जोगिएका छन् ।’ सुरेन्द्रको दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षति भएको छ । पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा सबै नष्ट भएका बताइएको छ । उनी अहिले आफन्त पदमबहादुर रोकायाको घरमा सरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय