दार्चुला, कात्तिक २९ । बेसहारा आमाबाबुको सहारा नगर प्रमुख कार्यक्रम महाकाली नगरपालिकाको वडा नम्बर १ मा पनि आजबाट सुभारम्भ भएको छ । छोरा छोरी गुमाएका वा विविध कारण नभएका बेसहारा ६० वर्ष माथिका बेसहारा आमा बुवालाई निशुल्क रासन कार्ड वितरण गर्दै कार्यक्रमको सुभारम्भ गरिएको हो । महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले निशुल्क रासन कार्ड वितरण गर्दै कार्यक्रम सुभारम्भ भएको घोषणा गर्नु भएको थियो ।
नगरपालिकाको चालु आिर्थक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र विनियोजन ऐनमा समावेश गरिएको बेसहारा आमा बुवाको साहारा नगर प्रमुख तथा टुहुरा बालबालिकाको अभिभावक नगर प्रमुख कार्यक्रम मार्फत उहाहरुलाई निशुल्क रासन कार्ड वितरण गरिएको नगर प्रमुख भट्टले बताउनुभयो ।
कार्यविधि अनुसार ६० वर्ष भन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा निशुल्क वितरण गर्न कार्यविधि तयार गरी निशुल्क खाद्यान्न रासन कार्ड वितरण गरिएको बताइएको छ । रासन कार्ड मार्फत बेसहारा आमा बुवालाई मासिक रुपमा १५ किलोग्राम चामल, समान २–२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने जनाइएको छ ।
नगरपालिकाले संचालन गरेका सफत मुल्य पसलहरुबाट उहाहरुलाई खाद्यान्न उपलब्ध गराइने बताइएको छ । साथै बेसहारा आमा बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी निशुल्क उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले बताउनुभयो । यो कार्यक्रम संधै चल्ने नगर प्रमुख भट्टले बताउनुभयो ।
बेसाहारा आमा बुवाले कार्तिक महिना देखी निशुल्क रुपमा खाद्यान्न प्राप्त गर्दै आइरहेका छन् । कार्यक्रममा नगर उपप्रमुख सुना बोहरा, नगर प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष पदम सिह महरा, वडा नम्बर १, ४, र ७ का वडा अध्यक्ष कल्यान सिंह कुवर, पुस्कर राज जोशी दिनेश राज जोशी प्रमुख प्रशासकीय अधिकृत डा। विजय भुर्तेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs