दार्चुला कात्तिक २९ । कोभिड १९ को महामारीवाट प्रभावित अतिविपन्न परिवारलाई नेपाल सरकारले नगद राहत वितरण गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कोभिड १९ को प्रभाववाट रोजगारी र आय आजैनको अवसर गुमाएका अनौपचारिक तथा असङठित क्षेत्रमा रहेका अति विपन्न ५ लाख गरिव परिवारलाई नगद राहत वितरण गर्ने निर्णय गरेको हो ।
चाल आर्थिक वर्ष २०७८÷०७९ मा राहत स्वरुप एक चोटीका लागि प्रति परिवार लाई १० हजारका दरले नगद अनुदान प्राप्त गर्ने नेपाल सरकारले जनाएको छ ।
अनुदान प्राप्त गर्नको लागि वडा कार्यालयमा कोभिड १९ को महामारीवाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ को २ वमोजिमको ढाँचामा निवेदन दिनु पर्ने ब्यवस्था रहेको छ ।
नोटः सुचना तल छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs