दार्चुला–नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षिय धनप्रसाद डागी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । ब्याँस गाउँपालिका-२ आङतुङती क्षेत्रमा निर्माणाधिन सडकखण्डको माथीबाट ढुंगा खस्दा उनको शरिरका विभिन्न भागमा गम्भिर चोट लागेर घाइते भएका थिए । गम्भिर घाइते डागीलाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याउँदै गर्दा सोमबार बेलुकी ६ः३० बजेतिर बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

   घट्ना स्थल सदरमुकाम खलंगाबाट उत्तरी क्षेत्रमा पर्दछ । उनलाई सोमबार दिउसो २ बजेतिर ढुंगा लागेको बताइएको छ । यसैबिच मृतक डागीको शव सम्बन्धित ठाउँमा पु¥याएर आफन्तको जिम्मा लगाइने नेपाली सेना स्रोतले जनाएको छ । डागीको शव लैजान हेलिकप्टर दार्चुलाका आएको छ । हेलिकप्टरले डागीको शवलाई दार्चुलाबाट सुर्खेत लैजाने तथा त्याँहाबाट डोल्पा लगेर उनका आफन्तलाई बुझाइने बताइएको छ । हेलिकप्टर २ बजेर १३ मिनेटमा खलंगा स्थित नेपाली सेनाको ब्यारेकमा ल्याड गरेको थियो । मृतक डागीको शवको पोष्टमार्टम गरी जिल्ला अस्पताल दार्चुलामा राखिएको तथा एकैछिन पछि कागजी प्रक्रिया पुरा गरेर सम्बन्धित ठाउँमा पठाइने नेपाली सेनाले जनाएको छ । दार्चुला एफएमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय