दार्चुला कात्तिक ३० । जिल्लाको दुहुँ गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माणमा ठेकेदार कम्पनिले ढिलासुस्ति गरेको छ ।
वाई आर कन्सट्रक्सन महेन्द्र नगर कञ्चनपुरले निर्माणको जिम्मा पाएको उक्त भवनको अहिले सम्म ३० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ ।
२०७६ सालको असार महिनामा २ वर्ष भित्रै निर्माणको कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनिले केहि दिन अघि सम्म सडक अवरुद्धको वहाना गर्दै आईरहको थियो ।
८ करोड लागतमा निर्माण सम्पन्न हुने गरी अढाई तला निर्माण गर्नु पर्ने भएपनि अहिले सम्म जगमा डिविसी र कोलोम मात्रै भरेको छ ।
तिहार अगाडी निर्माण ब्यवसायी सँग गाउँपालिकाले सम्पर्क गर्दा कालागाड खोलामा सडक अवरुद्ध भएको र सडक संचालनमा आउने वित्तिकै निर्माण सामाग्री सहित आउने वताएपनि अहिले सम्म पनि आई नपुगेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले वताए ।
यता निर्माण ब्यवसायी निरञ्जन प्रसाद भट्टलाई फोन सम्पर्क गर्दा समेत फोन उठ्न सकेको छैन । यसको निरन्तर फलोअफ हुने र छिट्टै निर्माण ब्यवसायीलाई साइडमा ल्याउने काम सिद्धटोपी खवरले गर्ने जानकारी छ ।