दार्चुला मंसिर ०१ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेश प्रतिनिधि पदमा कांग्रेस दार्चुलका युवा नेता राजेन्द्र बडाल (टाईगर) ले आफुलाई अत्याधिक मत दिई जिताउन आग्रह गर्नु भएको छ । जिल्ला अधिवेशन नजिकिए संगै युवा तथा बौद्धिक व्यक्तीत्व बडालले कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरी जिताउन अपिल गर्नु भएको हो ।

लामो सयम देखी नेपाली कांग्रेस दार्चुलामा विद्यार्थी राजनिति गर्दै आएका युवा नेता बडाल पार्टीलाई बलियो बनाउने अभियानमा छन् । युवा नेता बडालले समन्वयकारी संगठनिक रुपमा सशक्त र आर्थिक रुपमा निष्कलंक शिक्षित युवापुस्ताको हस्तक्षेपले मात्र बलियो कांग्रेस हुने भन्दै दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय