दार्चुला । सनिवार बिहान शौचालयको खाडल खन्ने क्रममा ढुंगामुनि च्यापिएर एक जना घाईते हुनुभएको छ ।

घाइते हुनेमा महाकाली नगरपालिका वडा नम्बर–५ मोहती बस्ने ५० वर्षीय नरेन्द्र बडाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए ।

घाईते बडाडललाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

तस्बिर: भोजराज जोशी पत्रकार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय