
दार्चुला, मंसिर ०१ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुला जिल्ला सभापतिका लागि ललितसिह बोहराले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार अपिहिमाल गाउँपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बोहरा नेपाली काँग्रेस दार्चुलाका बर्तमान सभापति हुनुहुन्छ ।
यस्तै उपसभापतिमा ललितसिह ठगुन्नाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अन्तरक्रिया कार्यक्रम मार्फत महाधिवेशन प्रतिनिधिमा जगदीश बहादुर पाल, मानसिह बुढाथोकी र शम्भु जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसअघि नै जिल्ला सभापतिका लागि बर्तमान उपसभापति अमरसिह धामीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दार्चुला काँग्रेसका लागि ३÷४ जना सभापतिका आकांक्षी रहेको बुझिएको छ । अहिलेसम्म दुई जनाले मात्रै उम्मेदवारी घोषणा गरेका छन् । जिल्लामा सबै वडा र पालिकाकाको अधिवेशन भइसेको छ । प्रदेश क्षेत्रीय अधिवेशन ४ गते र जिल्ला अधिवेशन ७ गते हुने तय गरिएको छ ।