२०८१ असार १७ गते राति देशका दुई ठुला राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने सम्झौता गरे । उक्त सम्झौता गर्दाका एक साक्षी थिए नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखक ।

२०७७ सालमा प्रधानमन्त्री हुँदा ब्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने भारतले कब्जा गरेको भुमी गुन्जी,नाभि,कुटि क्षेत्र समेटेर नेपालको नयाँ राजनैतिक नक्सा(चुच्चे नक्सा) सार्वजनिक गर्ने सरकारका प्रधानमन्त्री,२०७९ को प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारको लागि पहिलो चुनावी आमसभा चुच्चे नक्साको भूगोलको जिल्ला दार्चुलामा गरेका एमाले अध्यक्ष केपी ओलि यसपटक फेरि प्रधानमन्त्रीको रूपमा देशको शासनसत्ताको बागडोर सम्हाल्न पुग्दा कालापानी लिपुलेक क्षेत्रको गाउँ छाङरु तिङकरको लागी नयाँ बजेट कार्यक्रम सरकारले ल्याउछकी भन्ने छाङरु तिङकरका जनताको मनमा आशा पलाउनु स्वभाविक नै थियो ।

ब्याँस क्षेत्रको लागी सरकारले आशा लाग्दा कुनै नयाँ कार्यक्रम बजेट ल्याउन नसकेपनि प्रधानमन्त्रीले सबै मन्त्रीलाई आफ्नो कार्ययोजना तयार गर्न लगाए जसमा गृहमन्त्रीको जिम्मेवारी पाएका रमेश लेखकले आफ्नो १०० दिने कार्ययोजनाको २ नम्बर बुदामा दार्चुलाको ब्याँसमा अध्यागमन खोल्ने निर्णय गरेको खबर संचार माध्यममा आउँदा र कतिपय कार्यक्रममा गृहमन्त्री लेखकलेनै असोज पहिलो हप्तासम्ममा दार्चुलाको ब्याँसको तिङकरमा अध्यागमन खोल्ने तयारीमा छौ भनेर भाषण गर्दा त्रिदेशिय सिमाक्षेत्रका नागरिकहरु (ब्याँसबासी) अहिलेका गृहमन्त्रीले ऐतिहासिक काम गर्छन् भनेर अध्यागमन स्थापना हुने आशामा खुशी हुन थाले । अध्यागमन स्थापना हुनेमा एकातिर ब्याँसको भौगोलिक विकटता,सुरक्षास्थिति,देशको राजनीतिक अवस्था र भुराजनिती लगायत अन्य कारणले मनमा संका उब्जिएपनी छिमेकी जिल्ला बैतडी पुर्ख्यौली घर भएका र सुदुरपश्चिमका पहाडी जिल्लाको लागी महत्त्वपूर्ण सडक महाकाली करिडोरका परिकल्पनाकार समेत भएकोले रमेश लेखकले अब आफ्नो पालामा अध्यागमन जसरी पनि खोल्छ्न यो महत्त्वपूर्ण र ऐतिहासिक काम काङ्ग्रेसको गृहमन्त्रीले गर्छ भनेर मैलेपनि थुप्रै साथीहरू सित चियागफमा फुर्ति लाउन थाले ।

असोज पहिलो हप्ता असोज ८ गते गृहमन्त्री लेखक ब्याँसको छाङरु आउने र अध्यागमन कार्यालय स्थापना,गागाको सशस्त्र प्रहरीको गुल्मको भवन,सितापुल प्रहरी चौकिको भवन उद्घाटन गर्ने गाईगुई हल्ला सुनियो र गृहमन्त्रीको स्वागतको लागी छाङरुमा रहेका सुरक्षाकर्मी,स्थानीयले तयारी समेत गरे तर ८ गते गृहमन्त्री छाङरु आउने कार्यक्रम रद्द गरिएको खबर आयो गृहमन्त्री आउनु भएन मैले नेपाली काङ्ग्रेस दार्चुलाका नेताहरूलाई गृहमन्त्री किन आउनु भएन छाङरु पछि हिमपातले छाङरु,तिङकरको खलंगा बसाइँसराइ हुन्छ अध्यागमन कार्यालय असोज भित्रै स्थापना गर्नु उपयुक्त हुन्छ त्यसपछि चिसो र हिमपातको कारण अपठ्यारो हुन्छ भनेर गृहमन्त्रीलाई फोन गर्न लगाए पुर्व जिल्ला समन्वय समिति सदस्य एवं नेपाली काङ्ग्रेसका सुदुरपश्चिम प्रदेश सदस्य करबिर सिह कार्कीलाई गृहमन्त्री फोनमा भन्नू भएछ अहिले सोर्ह श्राध्य लाग्यो असोज २८ गते तिर अध्यागमन कार्यालय स्थापना गर्न छाङरु आउँछु भनेर ।

२८ गते गृहमन्त्री आउँने खबरले मैले पनि भारतको बाटो हुँदै छाङरु जानको लागी पास बनाएर २३ गते गृहमन्त्रीको स्वागत गर्न छाङरु गए । म पहिलोपटक छाङरु गएको भने होईन तर यसपटक छाङरु जादा स्थानीयहरुमा छुट्टै उत्साह र आश देखे यसपालि नेपाली काङ्ग्रेसका गृहमन्त्रीके हाम्रो गाउँमा अध्यागमन कार्यालय स्थापना गर्दैछन् अब छाङरु तिङकर हुँदै कैलाश मानसरोवर जाने यात्रुको भिड लाग्छ हाम्रो व्यापार बढ्छ रोजगारी पाईन्छ भन्ने आसमा गृहमन्त्री आउने बाटो पर्खिरहेका थिए । हुन त नेपाली राजनीतिमा बेलाबेलामा चर्चामा आउने कालापानी,लिपुलेक,क्षेत्रका नागरिक लाई राज्यले आश र आश्वासन बाहेक केहि दिन सकेन आजभन्दा करिब ४ बर्ष अगाडि पनि ब्याँस छाङरुको गागामा सशस्त्र प्रहरी बलको गुल्मको भवन शिलान्यास गर्न छाङरु आएका तत्कालीन गृहमन्त्री राम बहादुर थापाले एक रात छाङरुमै बिताएर छाङरुबासी लाई अध्यागमन स्थापना देखि ब्याँस विशेष कार्ययोजनाका सपना देखाएका थिए तर सिमानामा बस्ने ब्याँसबासीलाई देखाएका सपना हेलिकप्टरमा उडेर काठमाडौ आउँदा आकाशमै विलाएर गए ।

अहिलेका गृहमन्त्री रमेश लेखकले पनि असोज ८ गते अध्यागमन स्थापना गर्न नसकेपनि अध्यागमन स्थापना गर्छु भनेको १ महिना पछि अर्थात कार्तिक ८ गते नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले ब्याँसको छाङरुमा रहेको सिमा प्रशासन कार्यालय खारेज गरि चीन शीत सिमाना जोडिएको पश्चिम उत्तरको अन्तिम गाउँ तिङकरमा सिमा प्रशासन र अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छ । यसैबर्ष अध्यागमन खुल्छ र एक दुई महिना भएनि चीन ताङलाकोटको व्यापार सहज हुन्छ,ब्याँस बाटै कैलाशमानसरोवर जाने तिर्थ यात्री जान्छन् भनेर गृहमन्त्री आउने बाटो र अध्यागमन स्थापना हुने दिन पर्खी बसे छाङरु,तिङकरबासी तर ब्याँसमा चिसो बढ्न लाग्यो चिसो छल्न छाङरु तिङकरबासी गाउँ छोडेर भारतको बाटो हुँदै खलंगा आए तर अध्यागमन स्थापना गर्न छाङरु तिङकर आउछु भनेका गृहमन्त्री आएनन् ।

सरकारले ब्याँसको तिङकरमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरेपनि कार्यान्वयनमा किन ढिलाइ भैरहेको छ ? संविधानको कार्यान्वयन नहुने देशमा महिनैपिच्छे फेरिने मन्त्रीपरिषद र सरकारको निर्णय कार्यान्वयन हुन्छन् भनेर कसरी विस्वास गर्ने जनताले । छिमेकीको त्रासले होकि निर्देशनले होकि देशको भुराजनितीक अवस्थाले हो या अन्य कुनै कारणले हो सामरिक महत्त्वको ब्याँसलाई किन जहिल्यै राज्यले झुठा आश्वासन मात्रै दिन्छ ? कहिलेसम्म छाङरु,तिङकरबासीले भारतले बाटो प्रयोग गरेर गाउँ जानुपर्ने हो? हरेक पटक सरकार फेरिदा फेरिने मन्त्रीहरु हेलिकप्टर चडेर तिङकर जोड्ने सडक अनुगमन गर्न आउछन् बजेट थप्ने प्रतिबद्धता गर्छन् तर बजेट थपिदैन त्यसैले ब्याँस ऋषिको तपोभुमी तथा कैलाशमानसरोवरको प्रवेश द्वारको रूपमा रहेको ब्याँसमा अध्यागमन स्थापना गरेर र ब्याँस जोड्ने सडक निर्माण द्रुत गतिमा गर्न पर्याप्त बजेट थपेर पुण्य कमाउने यो अवशर बाट चुच्चे नक्सा जारी गर्ने केपी ओलि नचुकुन । यस लेखका लेखक ब्याँस गाउँपालिकाका स्थानीय एवम यस siddatopikhabar का वरिष्ठ संवाददाता दिपक खाति हुन ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय