दार्चुला। नेकपा माओवादी केन्द्रकाे भातृ संगठन वाईसीएल दार्चुलाका जिल्ला ईन्चार्ज सुरेन्द्र बहादुर बम नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । दुहुँ गाउँपालिका-५ घर भएका ईन्चार्ज बमले आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाे दुहुँ गाउँपालिका-१ का वडा अध्यक्ष जीत बहादुर बमले जानकारी दिनुभयाे ।

दुहुँ-५ मा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार धन सिंह कुवरकाे जीत भएपछि दुहुँ कांग्रेसले वडाकाे पासुमा आयाेजना गरेकाे विजयीसभामा उहाँले कांग्रेस प्रवेश गरेकाे उहाँले बताउनुभयो । वाईसिएल जिल्ला ईन्चार्ज बमलाई नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बाेहरा, सचिव पुलेन्द्र बहादुर कार्की, महाधिवेशन प्रतिनिधि गणेशराज भट्ट लगायत कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले पार्टीमा स्वागत गर्नु भएकाे छ ।

कांग्रेस प्रवेश गर्दै ईन्चार्ज बमले समाजकाे सेवा गर्ने बताउनु भएकाे छ । उहाँले अगाडि भन्नू भएको छ, आजका दिन देखि नेपाली कांग्रेसको एक बफादार सिपाही भई काम गर्नेछु ।

आफु कुनै स्वार्थका लागि पार्टी प्रवेश नगरेकाे प्रतिक्रिया दिदै उहाँले माओवादी भन्दा कांग्रेसमा रहि जनताकाे सेवा र गाउँ ठाउँकाे विकासमा हातेमालाे गर्ने बताउनु भएको छ । दार्चुला जिल्लाका ईन्चार्ज रहेकाे बम वाईसीएल केन्द्रीय सदस्य समेत हुन् । यसैबिच दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनु भएकाे छ । कांग्रेसका उम्मेदवार कुँवरले जम्मा खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजयी हुनु भएको हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मानसिहं बडालले ३५८ मत प्राप्त गर्दा, माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले २५ मत प्राप्त गरेकाे  मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

कांग्रेसका कुवर १८ मतले विजयी हुनु भएको हाे । खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय