दार्चुला मंसिर ०२ । नेपाली कांग्रेस दार्चुला का युबा नेता सातौं जिल्ला अधिबेशन मा दार्चुला जिल्ला बाट उपसभापति का उम्मेदवार उमेश सिंह खत्री ले नेपाली कांग्रेस को स्थानीय तह को अधिबेशन बाट युवा हरुलाइ नेतृत्व हस्तान्तरण को प्रक्रिया थालनी भै सकेको बताएका छन ।
क्षेत्रीय अधिबेशन र जिल्ला अधिबेशन नजिकिरहेको बेला नेता खत्री ले जिल्ला को प्रदेश सभा ख (२) क्षेत्र का नेता कार्यकर्ता हरुसितको भेट घाटको क्रममा मार्मागाउपालिका को लटिनाथ पुगेर खत्री ले सो कुरा बताएका हुन्न ।
अहिले को राजनीति परिप्रेक्षमा प्रतिपक्षी बामपंथी कम्युनिस्ट हरुसित को प्रतिस्पर्धा मा बिजय प्राप्त गर्न पनि युवा हरु नेतृत्व मा आउनु जरुरी देखिन्छ । कम्युनिस्ट हरुसित राजनीतिक प्रतिस्पर्धा मात्रै गर्नु पर्ने नभइ परिआएको बेला भौतिक प्रतिस्पर्धा पनि गर्नु पर्ने अवस्था हुदा कांग्रेस लाई युवामय बनाउनु जरुरी छ नेता खत्रीले भने ।
आफ्नो जिबन को जोवानी मा देश र जनता को लागी अग्रज हरु ले महत्त्वपूर्ण भुमिका खेलेको गौरवसाली इतिहास भए पनि अब भने समय र परिस्थिति ले अग्रज हरु लाई सम्मान सहित विश्राम गराउनु पर्ने र नौजवान युबा हरु ले कांग्रेस को नेतृत्व गर्नुपर्ने समय आइसकेको नेता खत्रीले बताए ।
नेता खत्री ले आफुले युवा हरु को आवाज लाई सम्बोधन गर्न अग्रज हरु लाई सम्मान गर्न नेपाली कांग्रेस दार्चुलाको जिल्ला उपसभापति मा उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धा गर्ने र बिजयी बन्ने बताउ ।
आफुले उम्मेदवारी घोषणा गरेपछि आम नेता कार्यकर्ता हरु र जनतामा सकारात्मक प्रतिक्रिया रहेकोले आफुलाइ उपसभापति मा बिजय गराउन अपिल गर्नु भएको छ । आफू उप सभापति मा बिजयी बने कांग्रेस दार्चुला लाई आधुनिक र गतिशील बनाउने प्रतिबद्धता पनि खत्री ले व्यक्त गर्नु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs