
दार्चुला, मंसिर ०२ । नेपाली कांग्रेस दार्चुलाको राजनीतिमा चर्चित नाम बिबिसी (गणेश सिंह धामीं) ले राष्ट्रकै सातौ धाम मालिकार्जुनमा लाग्ने जात्राको अवसर पारेर कांग्रेस १४ औ महाधिवेशन अन्तरगत दार्चुला क्षेत्र नम्बर १ (क) को सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । मंसिर ४ गते हुने प्रदेश क्षेत्र नम्बर १ को अधिवेशनमा आफूलाई पूर्ण साथ सहयोग गरेर जिताउन पनि नेता धामीले क्षेत्रिय प्रतिनिधि लगायत नेता कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको छ । प्रदेश क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको राजनीतिलाई झन बलियो बनाउन आफूले उम्मेदवारी दिएको उहाले प्रतिक्रिया दिनु भएको छ । प्रदेश क्षेत्र नम्बर १ सभापतिका लागि अहिलेसम्म उहाले मात्रै उम्मेदवारी घोषणा गर्नु भएको छ ।
साथै उहाले क्षेत्रबासी नगर एवं गाउँपालिकाका सभापति, वडा सभापति, सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तरुण, युवा, महिला संघ नेपाल विद्यार्थी संघ, दलित संघका योद्धाहरुको साथ र सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।
नेता धामी (बिबिसि) को राजनीतिक यात्रा
२०४७ सालको जनआन्दोलनमा कांग्रेसको राजनीतिमा सक्रिय रहेर नेता धामी सबै राजनीतिक दलहरु संग मिलेर गाउँ र समाजको विकासमा अग्रसर रहेका थिए । महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु उलेनी घर भएका नेता धामीलाई कांग्रेस दत्तुको संगठन विस्तारमा महत्वपुर्ण भूमिका खेलेका भन्दै २०४९ सालमा कांग्रेसले स्थानीय निकायको निर्वाचनका लागि उपाध्यक्ष पदको टिकट दिएको थियो । नेता धामी त्यतिबेला उपाध्यक्षमा जित हासिल गरेका थिए । गाविस अध्यक्षले काम गर्न नसकेपछि नेता धामीले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा बसेर सबै कामकाज चलाएका थिए ।
उतिबेला देखि नै बिबिसि नामले चर्चित तरुण दल जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । तरुण दलका अध्यक्ष चन्द्रदेब जोशी र सचिव गणेश सिंह धामी ९बिबिसि० भएपछि एक बुथ २० युथको नारा समेत प्रतिपादन गरेर झन चर्चा कमाएका थिए । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकीकरण पछि पार्टीको जिल्ला सहसचीव समेत चलाएका थिए । आर्थिकस्थिति कमजोर भएका उनले आफ्ना छोरालाई समेत नेपाल विद्यार्थी संघको राजनीतिमा सगै लिएर राजनीति गर्दै आइरहेका छन् ।