दार्चुला, मंसिर ०२ । जिल्लाको दुँहु गाउँपालिकाका वाढि पहिरो पिडीतहरुलाई आर्थिक १ लाख रुपैया सहयोग गरेको भन्दै दुहुँ गाउँपालिकाले उत्तम बहादुर बमलाई सम्मान गरेको छ ।
दुँहु गाउँपालिका वडा न. २ घर भई हाल कंचनपुर बस्ने वंमले ब्याक्तिगत तर्फवाट बाढी पहिरो पीडित सहयोग संकलन समितिलाई दुहुँमै आई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको भन्दै गाउँपालिकाले सम्मानपत्र र दोसल्ला ओडाई सम्मान गरेको हो । कामको सिलसिला मा भारतको ब्यांलोर स्टोभक्राफ्ट ८१ होरहल्ली इन्ड्रस्टिज एरिया, कम्पनीमा कार्यरत लजिस्टिक डिपाटमेन्टका सुपरभाइरज सरल, असल, एवम, बौद्धिक ब्याक्तित्व बमले आफु जन्मेको जन्मस्थलमा वाढी र पहिरोले मच्चाएको वितङडा सामाजिक सञ्जाल र संचार माध्यममा पढ्न र सुन्न पाएको भन्दै थोरै भएपनि पिडितको घाउमा मलम लगाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन ।
यस्तै बमकै पहलमा भारतको ब्यांलोर स्टोभक्राफ्ट ८१ होरहल्ली इन्ड्रस्टिज एरिया, कम्पनीका संचालक राजेन्द्र गान्धीको कम्पनिमा काम गर्ने वाढी पहिरो प्रभावित परिवारका कामदारहरुलाई आर्थिक सहयोग र जग्गा खरिद गरि उपलब्ध गराएका छन ।
१२ लाखमा हिकिला चनाखोली क्षेत्रमा पर्ने १ रोपनी ७ आना जमिन खरिद गरी नरोली क्षेत्रका ९ जना वाढी पहिरो पिडितलाई कम्पनिले घडेरी उपलब्ध गराएको छ ।
कम्पनिमा काम गर्ने पुर्ण रुपमा घर क्षती भएका कल्यान सिह साहु, डम्वर, अमर, रन्जित, जमन, लालसिह, धनसिह, नरेन्द्र र दिलिप सिह साहुलाई प्रति परिवार अढाई आना वरावरको १ घडेरी जमिन उपलब्ध गराएको छ ।
त्यसै कम्पनिमा काम गर्ने जमिन मात्रै गएका ७ जना कामदारहरु दान बहादुर बम, टेक, डब्बल, पदम, कृष्ण, जंग, र तेज बहादुर बमलाई ५० हजार रुपैया दिएको छ । खडक र गोपाल सिह डडाललाई पनि ५० हजार रुपैया कम्पनिले उपलब्ध गराएको छ । बमको पहलमा बाढिपहिरो पीडित ले जमिन र पैसा पाएको वुझिएको छ ।