
दार्चुला, मंसिर ०२ । जिल्लाको मालिकार्जुन मन्दिरमा बुधबार लागेको जात्रामा कोरोना भाईरसको संक्रमणवाट वच्न जिल्ला रेडक्रस सोसाईटिले माक्स र सेनिटाईजर वितरण गरेको छ ।
जात्रामा बढी भिडभाड हुने भएकाले संक्रमणको जोखीम वढ्ने भन्दै माक्स र सेनिटाईजर वितरण गरिएको जिल्ला रेडक्रस सोसाईटि दार्चुलाका फोकल पर्शन सुन्द्रर सिह धामीले जानकारी दिए ।
मालिकार्जुन जात्रामा आएका श्रद्धालु भक्तजनहरुलाई १३ हजार माक्स, ६० पिस २ सय एमएलको सेनिटाइजर, १० पिस ५ सय एमएलको सेनिटाइजर, २ सय पिस केएन माक्स, १० पिस हेन्ड वास र ४ प्याकेट पन्जा, १५ लिटर सेनिटाइजर
वितरण गरिएको छ ।
यस्तै रेडक्रस सोसाईटी जिल्ला शाखा दार्चुलाले २० जना स्वयमसेवक लगाएर काम गरेको छ । सुरक्षा निकाय, स्वास्थ्यकर्मी, आम जनता, भजनमन्डली, मालिकार्जुन बिकास समिती, सशस्त्र प्रहरी र पुजारी लगायत सबैलाइ वितरण गरिएको फोकल पर्शन धामीले वताए । जनचेतना मुलक शन्देश लेखिएका ८ वटा ब्यानरहरु पनि ठाउँठाउमा राखिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखालाइ मालिकार्जुन बिकास समितिले सम्मान पत्र र यस्तो एतिहासिक मेला पर्बमा सराहनीय काम गरेकोले मन्दिर ब्यबस्थापन समितिका सचिब जनक धामिले धन्यवाद दिनु भएको छ । शान्तिपुर्ण रुपमा जात्रा सम्पन्न भएको छ । जात्रामा ३० हजार भन्दा बढी श्रद्धालु भक्तजनहरु पुजाआज गर्न आएका थिए ।