दार्चुला – दार्चुलाको एक घरमा आगलागी भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिरका बहादुर सिंह मन्यालको घरमा विहान ११ बजेतिर आगलागी भएको स्थानीय गजेन्द्र सिंह धामीले बताए । खाना पकाएर मेलापात गएको बेला दाउरा सुकाउने ठाउँबाट आगो सल्किदा पुरै घर, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उनले बतएका छन । आगलागी हुदा करिब ५ लाखको क्षति भएको स्थानियको भनाइ रहेको छ ।

स्थानीयहरुको सहयोगमा आधा घन्टापछी आगो नियन्त्रमा लिइएको स्थानियको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय