
दार्चुला- दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङ चौराहस्थित घर भन्दा अन्ताजी ५ सय मिटर टाढा घट्टेखोलामा घास काट्ने क्रममा जंगली जनावर चितुवाले आक्रमणमा परी सोही ठाउँ निवासी प्रेम सिह ठगुन्नाकी श्रिमती ३५ वर्षीया लक्ष्मी ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ती राज जोशीले बताए ।
सूचना अधिकारी जोशीका अनुसार घाइते महिलाको जिल्ला अस्पताल दार्चुला पठाएको भए पनि उपचार सम्भव नहुँदा धनगढी रेफर गरिएको छ ।