धनगढी– धनगढीमा मोटरसाइकलले एक यात्रुलाई ठक्कर दिएको छ ।
कैलाली धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा साइकल यात्रुलाई ठोकेर मोटरसाइकल चालक फरार भएका छन् ।
साँझ ७ बजेर ५० मिनेटको समयमा सु.प्र.०१००८प.८८४६ नम्बरको मोटरसाइकलले अन्दाजी ५० वर्षीय साइकल यात्रु धवलसिंह धामीलाई ठोकेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
साइकल यात्रु धवलसिंह धामी घटनास्थलमै क्षतविक्षत भएको अवस्थामा प्रहरीले उद्धार गरेर धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ। साइकल यात्री धामीको टाउको र अनुहारमा चोट लागेको भएता पनि अवस्था मध्यम खाले रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन् ।
फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको समेत उनले जानकारी दिए।
