प्रेमराज जोशी, दार्चुला मंसिर ०३ । जिल्लाको दुहुँ गाउँपालिकाको प्रशिद्ध धार्मिक तिर्थ स्थल सिद्धटोपी जाने वाटोमा निर्माण भएको २ कोठे भवनको छत पल्टिएको छ । प्रदेश सरकारको १६ लाख वजेटमा निर्मित २ कोठे भवनको छत हावाहुरीका कारण पल्टिएको वुझ्न आएको छ ।

तर छत कहिले पल्टिएको हो भन्नेवारे त्यहाँ स्थानिय वस्ति नभएका कारण वुझ्न सकिएको छैन । उपभोक्ता समितिलाई केहि दिन अघिमात्रै जानकारीमा आएको र गत आर्थिक वर्षको वजेटमा निर्माण गरिएको हुँदा धरौटी वाफतको रकम मौजाद रहेका कारण पुन छत निर्माण लागी समिति उक्र क्षेत्रमा परिचालन भएको वुझ्नमा आएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ सालको वार्षिक कार्यक्रम अन्तर्गत सिद्धटोपी व्रह्मदह पर्यटकीय आवस गृहका नामवाट उक्र भवन निर्माण गरिएको हो । प्राविधिक मुल्याङकन अनुसार आवस गृहको निर्माण गरिएकाले भवन कमजोर नभई प्राकृतिक विपत्तिले छत पल्टाएको उपभोक्ता समितिका अध्यक्ष दलपती वडालले जानकारी दिए ।

छत पल्टिनु अघि मात्रै केहि आन्तरिक पर्यटकहरु भवनमा वसोवास गरेको हुनाले ढोका र झ्याल पुरै खुल्ला छोडेर फर्किएका कारण हावा भवन भित्र पसि छत पल्टिएको वुझ्न आएको छ । यस भन्दा अघि छतमाथि २ वटा मात्रै विम परेको भन्दै यसपटक ठाउँ ठाउँमा विम राखिने र त्यसैकोलाई खच्चरको ब्यवस्थापन गरि निर्माण सामाग्री सहित उपभोक्ता समिति उक्त क्षेत्रमा पुगिसकेको छ ।

यस्तै गत आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेश सरकारको उद्योग वन तथा पर्यटन मन्त्रालयवाट सिद्धटोपी पर्यटन पदमार्गको लागी तल्लो सिम्खोला देखी मल्लो सिम्खोला सम्म ७ सय मिटर पदमार्ग निर्माण गरिएको छ । यो आर्थिक वर्षमा २५ लाख रुपैया यसै पदमार्गको लागि वजेट विनियोजन भएको माओवादी केन्द्र दार्चुलाका जिल्ला कमिटि सदस्य जमन सिह बडालले जानकारी दिए ।

उदेश्य सिद्धटोपी सम्मको पदमार्ग निर्माण गर्नु पर्ने भएपनि वजेटले प्राविधिक मुल्याङकन अनुसार जहाँ सम्म पुगिन्छ त्यहाँ सम्मको पदमार्ग निर्माण हुने सदस्य बडालले जानकारी दिए । त्यस्तै थाईसन पर्यटकीय आवस गृह २०६४ सालको निर्वाचन पश्चात तत्कालिन पर्यटन मन्त्री खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) ले १० लाख रुपैया वजेट विनियोजन गरी जिल्ला विकास समितिवाट संचालन हुने गरी तत्कालीन हिकिला गाविसको सर्वदलीयको मातहतमा निर्माण गरेको भवन अहिले काम नलाग्ने अवस्थामा रहेको छ ।


एक भवन, १ शैचालय र १ भान्साकोठा निर्माण भएको थियो । तारवारको लागि जिल्ला विकास समितिले ५ लाख रुपैया वजेट विनियोजन गरी तारवार लगाईएको थियो । अहिले उक्त भवनमा मानिस नभई गाईगोरुको गोठ वनेको छ ।
तर स्थानिय सरकार दुहुँ गाउँपालिकाले भने यो भवनमा निर्माण गरेको निर्माण समितिले गाउँपालिकालाई हस्तान्तरण नगरेका कारण कुनै वजेट हाल्न नमिल्ने वताउँदै आएको छ ।

स्थानिय सरकार वसेको पहिलो वर्षमै गाउँपालिकाले मर्मत सम्भार गर्ने र पर्यटकीय आवस गृहको रुपमा स्थापित गर्ने उदेश्य अनुरुप केहि वजेटको परिकल्पाना गरेको तर निर्माण समितिले हस्तान्तरण नगरेका कारण केहि गर्न नसकिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले वताए ।

स्थानिय सरकार दुहुँ गाउँपालिकाको केन्द्र हिकिलावाट ५÷६ घण्टाको पैदल हिडाई पछि उक्त क्ष्ोत्रमा पुगिन्छ । स्थानिय सरकारले पनि पर्यटन प्रवद्धनलाई विशेष जोड दिएका कारण पर्यटकीय आवास गृह, सडक संञ्जाल, सिद्धटोपी क्षेत्र भ्यू टावर लगायतका थुप्रै पर्यटकीय पुर्वाधारहरु निर्माण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय