कथा – खुत्रुके

सदरमुकाम हुँदै वडा न .१ तिकर गाउँ जादै गर्दा पारीबाट वारी दुम्लीङ , कल्जु, थि हुदै नेपालका ती स्वच्छ सुगन्धित जडिबुटी को हावामा उसले बडो गजबको महशुस गर्यो मानौँ पुरै प्रकृतिले उसको आवाहन गरिरहेको छ , प्रखिरहेको छ र भनिरहेको छ ” आवो मलाई हेर म , म मै घुम मेरै छायामा मन्त्रमुग्ध होउ म संग भएको यो प्रकृतिको अनुपम उपहार विश्व सामु देखाईदेउ , म माथि एउटा बाटो बनाईदेउ मलाई छिटो टुंगो लगाईदेउ । तर हरेक वर्ष बाटो बन्छ त केवल समयको लागी अनि कागजको सेतो पन्नाको घाममा उदाएर त्यहीँ अस्ताउने गर्छ ।
रामलाल पनि शसत्र दन्ड कालमा नेपाली सेना भएर फर्किसकेको जवान हो उसले अध्यनको लागि देशको राजधानी काठमाडौ मा आफ्ना छोराछोरीलाई पढाउदै आएको भएतापनि पढाईको सिलसिलामा छोरो अस्ट्रेलिया जाने भएसी खर्चको जोहो गर्नु पर्यो आफुले भ्याएसम्म खर्च खोजे पनि आधा बाकी नै थियो र कुनै रात उसले सपनामा त्यही प्रकृतिको बाटो अनि पुकार सुन्यो र उस्ले सपनामा भनिरहेको थियो” तिमी सबलाई बिर्सन सक्छौ तर मलाई नबिर्स ! तिम्रा सारा सुखदुःखको साथी मै हु ! मै छु र तिमिहरु आफ्नो व्यवहार चलाउन समर्थ भैरहेका छौँ । रामलाल कस्सिएर सदरमुकाम हुँदै प्रदेशसम्म पुग्यो । उसमा नयाँ जोश उत्साह आएको थियो मानौँ आधी तुफान आउनु पुर्व आउने हावा जस्तो उसले प्रदेशका टेबुल ,मन्त्री हाकिम कसैलाई नछोडिकन करायो हाम्रो व्यास ऋषिको पवित्र स्थल मात्रै नभएर यहाँ थुप्रै महत्त्वपूर्ण जडिबुटी पाईन्छन यहाँ आफनै भुमिमा जान भारतको अनुमतिपत्र लिनुपर्छ सरकार के हामी आफ्नै भुमिमा जान अरुको अनुमती लिनुपर्ने होर? हाम्रो सरकार त्यति लाचार होर? हामिलाई आफ्नो देशको बाटो भएर जाने बाटो देउ सरकार भन्दै जोडले कडकिएर टेबल ठोक्यो अगि सम्म बजेट नभएको आईनपुगेको कुरा सुनाउने हाकिमले कुरा बुझेको थियो या थिएन तर टेबल ठोकाईले मज्जाले काम गरेको थियो केही दिनमा नै बाटोको लागि केही थान ईन्जिनियर आएर सर्वे पछि बाटोको लागि योजना आयो भनेर पक्कापकी भए लगत्तै रामलालले केही थान कामदार सहित लागे दुम्लीङ , कल्जु, थि हुदै नेपाल नेपाल आवतजावत गर्न बाटो निर्माण तर्फ नभन्दै काम पनि सुरु भयो आवतजावत गर्न मिल्ने बाटो बन्ने भयो भनेर तिंकर छाङरुका बासिन्दा सहित वडा न. १,२, का बासिन्दाले अब आफ्नै भुमी भएर आवातजावत गर्न पाईने भयो , छिमेकी रास्ट्रको हेपाहा प्रवृत्तिको सिकार नबन्नु पर्ने भयो भनेर राहतको सास फेरे । छाङरु आवातजावत गर्ने बाटो बन्न त बन्यो तर चौमासमा आएको पानी अनि पहिरोले बाटो फेरि भत्काईसकेको थियो तिंकर सडक उस्तै भयो जस्तो पहिला थियो । उस्ले रामलालको क्षणिक आवश्यकता पूरा गरिदिएको थियो जसरी हामीलाई भोक लाग्दा आमाले हाम्रो लागि खाना पस्कनु हुन्छ ! उसको सपनाको बाटोको लगत भयो रकम निकासा भयो , र कहिँ कतै खर्च भयो र तिंकर सडकलाई लाग्यो उसको फेरि एक पटक मजाक उडाईएको छ र ऊ व्यङ्ग्यबिच नाङगो उभिएको छ ।
अर्को वसन्त आउन्छ र जान्छ अर्को हिउँद संगै जाडो पनि त्यसरी नै आउन्छ र जान्छ तिंकर सडक उस्तै छ उसरी नै सुगन्धित हावा छोडेर यात्रीलाई मोहित बनाउन्छ , सडक चियापसल , जिल्ला प्रदेश हुँदै राजधानी संसद सम्म चर्को संवाद गोष्ठी भेटघाट छलफल हुन्छन् कागजका पन्नामा कोरिन्छ्न फेरि चर्को घामले सुकाउन्छ । र ऊ फेरि पनि निमन्त्रण गर्न खोज्छ र आफ्ना हात फैलाएर भन्छ म कठयाङ्ग्रीसके , म एक्लो भैसके मेरै हावा मलाई दुर्गन्ध लाग्न थालिसक्यो मलाई बाटो बनाईदेउ मै बाटै भएर मानसरोवरको ( तिर्थ) को यात्रा गर मलाई भोग गर मलाई सिमित तुल्याउ ! तिंकर सडकको यस आवाजलाई सुन्ने पालो अब हरिलालको थियो । तिमिले यश वर्ष धेरै जुवामा हार्यौ तर अब चिन्ता लिनु पर्दैन तिमिले मलाई गल्ली गल्ली हुँदै सडक बनाओउ म तिमिसंगै तिम्रो गाउँ हुँदै सिंहदरबार पुग्छु र म मेरो तिंकरमा फलेको स्याउ , फापर , कोदो राजधानीमा बेच्छु ।
हरिलाल जिल्ला हुँदै प्रदेश , राजधानी र संसदसम्म ध्यानाकर्षण सहित बजेट मागको लामो पत्र बोकेर पुग्यो अब पालो हरिलालको थियो हाकिमको त्यही टेबल ठोक्ने भासण दिने प्रधानमन्त्री ज्यु ‘ तिंकर सडक निर्माणको लागि गएको रकमको पुरै हिनामिना भयो । त्यहाँ बाटोको नामोनिसाना केही छैन । यसमा हाम्रा सोझासाझा जनताले दुख पाए आफ्नै भुमी जान अरुको अनुमति लिनुपर्छ, हाम्रो तिंकरमा फलेको स्याउ , कोदो , फाफर, आलूले बजार नपाएर कुहिएको छ के हामिहरुले बाटो पाउन सिंहदरबार मै आएर आन्दोलन गर्नुपर्ने हो ? हामी नेपाली होईनौ र ? जस्ता थुप्रै राष्ट्रभक्त झल्काउने अभिव्यक्ति दिदा पनि यसपटक सिंहदरबार बुडो सिंह झै मौन थियो । हरिलाललाई बजेट नल्याई भएन उसले देशप्रेम यति छताछुल्ल पोखिदियो यसको अगाडि भैरव अर्यालको टाउको निबन्ध के घुमाउरो थियोे हाेला र ? र यसपल्ट सिंहदरबारले देशभक्त को गाथा सुनेर हो या भैरव अर्यालको टाउको निबन्धको भन्दा घुमाउरो कथा व्यथा सुनेर हो योजना दिने भए ! हरिलालको अनुहारम खुशी थियो किनकि यसले राम्रो बाटो बनाउने छ र सारा गाउँलेहरुका ओठमा खुसियाली ल्याउने छ । जिल्ला देखि गाउँघर , चियापसल , चोक चोकमा एउटा उत्साहको वातावरण संगै गपशप चलिरहेका थिए । तिकर सडक बन्ने छ स्याउ, कोदो , फाफरले बजार पाउनेछ र सधैंको लागि अरुको हेपाहा प्रवृत्तिको अन्त्य हुनेछ ।
बाटो खनिन थाल्यो मान्छेहरुले सुरुमा निक्कै उत्साह देखाए कोहि रिपोर्टिङ गर्न थाले भने कोहि फेसबुके दुनियाँमा गुणगान गाउन थाले सिंहदरबारको र केही दिनमा नै बाटो खनियो आवतजावत गर्न मिल्ने पनि भयो तर फेरि त्यहीँ वर्षायामको झरिले बाटो अलमल्ल पर्यो छाङरु जाने बाटो जस्ताको त्यस्तै रहयो त्यहाँ न बाटोको रुपरेखा देखियो न गल्ली गल्ली हुँदै सिंहदरबार जाने स्याउ , कोदोको बाटो देखियो । तींकर सडकले आफुभित्र एउटा सन्तोष उमार्यो बाटो बनेन त के भयो कसैले उच्च शिक्षा अध्ययन गर्न पाए कसैले अन्त बसाइँ सरि जानू परेन । र उसले आज बडो मुस्किलले छाङरु तिंकर जाने अनुमति पायो छिमेकी रास्ट्द्वारा ! उसलाई भनिरहेको जस्तो लाग्यो ” मलाई वर्षमा कमसेकम एकचोटि बाटो बनाईदिनु म कागजमा ब्युँझन्छु र म सपनामा उदाउन्छु । मलाई तिमिहरुको सारा व्यवहारप्रती स्नेह छ ! धेरै चोखो स्नेह छ तिमिहरु जो गाउँछौ र पो म छु । हाम्रो सम्बन्ध यहि शाश्वत हो , र यथार्थ पनि । उसले फेरी पारिबाट वारि एकटकले हेर्यो छाङरु , तिकर बाटो त उस्तै छ र उसरी नै मन्त्रमुग्ध पारिरहेको छ हरेक यात्रीहरुलाई ।

 मनिषा बिष्ट 

व्यास गाउँपालिका २ दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय