बैतडी – बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

बैतडीका १० ओटै स्थानिय तहलाई सहभागिता गराईने गरेर आगामी फागुन १५ गतेदेखी तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा हुने प्रतियोगिता फागुन १५ देखी १८ गतेसम्म संचालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताएका छन् । उनका अनुसार उक्त प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार रुपैया पुरस्कार पाउने चन्दले जानकारी दिएका छन्। यस्तै तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइने उनले बताएका हुन।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले फागुन १० गतेभित्र दर्ता गराइ सक्नुपर्ने बताइएको छ। यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो। फाइनलमा दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौलिले यश अघिको संस्करण जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय