दार्चुला, मंसिर ०३ । जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समिति अध्यक्ष दलजित सिह धामीको विदाई गरिएको छ । जिल्ला अस्पाताल दार्चुलामा २ बर्षे कार्यकाल विताएका धामीलाई एक कार्यक्रमका बीच अस्पतालले बिदाई गरिएको हो ।
अस्पतालका मेडिकल अधिकृत डा. पुजा बमको अध्यक्षतामा भएको विदाई समारोहका प्रमुख अतिथि जिल्ला अस्पताल दार्चुलाका अध्यक्ष दलजित सिह धामी रहनु भएको थियो । सो समारोहमा बोल्दै मेडिकल अधिकृत डा. पुजा बमले दार्चुला अस्पतालका लागि एक नयाँ अवस्था र गति दिन सवै स्वार्थ भन्दा माथि उठेर काम गरेको वताईन ।

अस्पताल माथि आइपरेका बिभिन्न चुनौतीहरूको समाना गर्दै सवैको साथ र सहयोगमा अस्पतालमा नयाँ कामहरू थालनी गरेको अध्यक्ष धामीले वताए । अस्पतालको आन्तरिक आर्थिक अवस्थालाई सुधार गर्न व्यवस्थित प्रयास गरिएको बताएका छन । यस्तै अस्पतालका लागि प्रदेश सरकारबाट सहायकस्तरको कम्प्युटर अपरेटरको दरबन्दी व्यवस्थापन गरिएको बताएका छन ।

शुक्रबार विदाई समारोहमा बोल्दै अध्यक्ष धामीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को अनुदानमा १० बेडको आइसोलेसन भवन र एउटा पोस्टमार्टम गृहको निर्माण गरिएको बताएका छन । अस्पताल परिसरमा रहेको विद्युतको प्रसारणलाइनलाई सडक छेउमा स्थानान्तरण गरी आवश्यक भौतिक संरचना निर्माणको लागि सहज बनाइएको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष धामीले २०७० सालको बाढिका कारण जिल्ला अस्पताल दार्चुलाको भवन र जमिन बगाएका कारण ५० शैयाको सुविधा सम्पन्न अस्पतालको नयाँ संरचना निर्माणका लागि सुरक्षित ठाउँको अभाव भएको र यस अघि पटक पटक प्रयास गर्दापनि सफल हुन नसकेकोमा व्यवस्थापन समितिले विभिन्न चरणमा सर्वपक्षीय बैठक छलफल आयोजना गरी पुरानो संरचना भएकै स्थानमा नयाँ संरचना निर्माण गर्न सहमतिका साथ निर्णय गरी सम्बन्धित ठाउँमा अनुरोध गरिएको छ ।

साथै २०७७÷०७८ को असार सम्ममा ठेक्का सम्झौता भइ आर्थिक वर्ष २०७८÷०७९ बाट निर्माण कार्य सुरु हुने चरणमा पुगेको बताएका छन । यस्तै उनले अस्पतालमा अझै धेरै कामहरु गर्न बाँकी नै रहेको बताए । २०७६ मंसिर ४ गते जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएका धामीले २०७६ मंसिर १८ गते पदभारग्रहण गरेका थिए । उनको २ बर्षे कार्यकाल पूरा भएसंगै जिल्ला अस्पताल दार्चुलामा व्यवसथापन समिति अध्यक्ष रिक्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय