दार्चुला मंसिर ०१ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेशसभा प्रतिनिधि पदमा कांग्रेस दार्चुलका युवा नेता जित बहादुर बम ले आफुलाई अत्याधिक मत दिई जिताउन पालिका सभापति,वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ । जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा युवा तथा बौद्धिक नेता बमले उम्मेदवारी घोषणा गरेका छन ।
लामो सयम देखी नेपाली कांग्रेस दार्चुलामा राजनिति गर्दै आएका युवा नेता बमले पार्टीलाई बलियो बनाउनका निमित्त युवाहरुको आवश्यकता रहने भन्दै उम्मेदवारी घोषणा गरेको प्रतिक्रिया दिएका छन ।
युवा नेता बमले समन्वयकारी संगठनिक रुपमा सशक्त र आर्थिक रुपमा निष्कलंक शिक्षित युवापुस्ताको हस्तक्षेपले मात्र बलियो कांग्रेस हुने भन्दै दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिनु भएको हो ।
नेपाली कांग्रेस दार्चुला को सातौ जिल्ला अधिबेशन अन्तर्गत प्रदेश सभा क्षेत्र न १ (क) को प्रदेश महाधिवेशन प्रतिनिधिमा मेरो उमेदवारी घोषणा गरेको छु मलाई उक्त पदमा बिजय गराईदिन हुन सम्पुर्ण पालिका सभापति, वडा सभापति, क्षेत्रीय प्रतिनिधिज्यू हरु लगायत नेपाली कांग्रेस अग्रज नेताहरु यहाँ हरुको महत्त्वपूर्ण सहयोग को अपेक्षा गरेको नेता बमले सामाजिक संञ्जाल फेशवुकमा पोष्ट गरेका छन ।