मनिसा विष्ट ब्याँस, ०४ । जिल्लाको ब्यासँ गाउँपालिका वडा नम्वर ३ सिमामा यो वर्षको विनासकारी वाढि र पहिरोले पुर्णरुपमा क्षेती भइ विस्थापित ,वाढि पहिरो पिडितहरुलाई दिलिप सिह डडालले आर्थिक रकम सहयोग गर्नु भएको छ । ब्यास गाउपालिका वडा न ३ सिना स्थाइ घर तुसरपानी निवासी डडालले ६परिवार वाढि पहिरो पिडितलाई दस हजार आर्थिक रकम सहयोग गर्नु भएको हो ।

दुःखको घडीमा सहयोग गरेको भन्दै पिडित परिवारहरुले डडाललाई धन्यवाद दिएका छन । दुखको घडीमा सानै भएपनि पिडितको घाउमा मलम लगाउने प्रयास गरेको डडाले वताए । राहत रकम लक्ष्मण सिह कुवर, महिमन सिह कुवर, इन्द्र सिह कुवर, कृष्ण सिह कुवर, पोखर सिह डडाल र कल्यान सिह कुवरले पाएका हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय