दार्चुला, मंसिर ०४ । जिल्लाकै सर्वाधिक धनराशी भएको खुल्ला पुरुष भलिवल प्रतियोगितको शनिवार उद्धघाटन गरिएको छ । व्यासँ गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान ,,भने मुल नाराका साथ उक्त प्रतियोगितको प्रदेश सभा सदस्य गेल्वुसिह वोहराले उद्धघाटन गर्नु भएको हो ।

उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भलिवल प्रतियोगिता सञ्चालन गरेको हो । छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष अविशेक वोहराको अध्यक्षतामा गरिएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभाका सदस्य गेल्वु सिह वोहरा रहनु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम सुदुरपश्चिम प्रदेश सभाका सदस्य वोहराले खेलकुदले खेलाडीको स्वास्थ्यलाई मात्रै नभई राष्ट्र र अन्तराष्ट्रिय स्तरमा सम्वन्ध कायम राख्ने वताए । जिल्ला सदरमुकाम खलंगा क्षेत्रको एक मात्रै खेलमैदान २०७० सालको महाकाली नदिको बाढी र पहिरोले काटन गरेको भन्दै जिल्लामा खेलमैदानको आवश्यकता रहेको वताए । त्यसका लागी स्थानिय सरकारले विशेष पहल गरी जग्गाको वन्दोवस्त गर्नु पर्ने र तिनै तहको सरकारहरु मिलेर जिल्लामा ईन्डोर सहितको कबडीहल र खेल मैदानको निर्माण गर्नु पर्ने वताए । नेपालको दार्चुला जिल्लमा मात्रै वसोवास गर्ने शौका समुदायको विशिष्ट सास्कृतिक रितिरिवाज रहेको भन्दै परम्परागत शैलीवाट खेलको उद्धघाटन गरिएकोमा आयोजकलाई धन्यवाद दिनु भयो ।

जिल्ला समन्वय समति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष उमेश दत्त जोशी, विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला स्थित सरकारी निकायका प्रमुख एवम प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकाका प्रमुख एवम प्रतिनिधि, खेलप्रेमी दार्चुला जिल्लावासी आमावुवा, खेलाडी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ब्याँस गाउँपालिकाले यो आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत ५ लाख रुपैया सहयोग गरेको छ । खुला पुरुष भलिवल प्रतियोगितामा जिल्लाबाहिरका एक टिममा तीन जना खेलाडी सहभागिता गराउने प्रावधान राखिएको खेलकुद प्रतियोगिता संरक्षक अमन बोहराले बताए । अहिले सम्म जिल्ला भित्रका १२ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १११ रुपैयाँ शिल्ड मेडल राखिएको छ । यस्तै द्वितीय पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ शिल्ड मेडल रहेको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय