
धनगढी- कैलालीको एश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थी नेता बिच लफडा भएको छ ।
सर्वदलीय बैठकबाट पारित नियमलाई पालना नगर्दा स्ववियु सभापति र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुका बीच क्याम्पसमै हात हालाहालको अवस्था श्रीर्जना भएको स्रोतको भनाई रहेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा प्रतिशोध साध्न कै लागि लफडा भएको क्याम्पस प्रशासनको ठम्याइ छ। विद्यार्थी विद्यार्थी विच लफडा भएको जानकारी आएको छ तर आधिकारिक जानकारी बारे क्याम्पस प्रशासन समेत बेखबर नै रहेको देखिन्छ छ।
तर अहिले निर्वाचन आयोगको कार्यलयमा भने ताला लगाईएको जानकारी प्राप्त भएको छ । बैठकमै हात हालाहालको अवस्था आएको र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गरेकोले आफुले हार बेहोर्ने अवस्था आएपछि आफु र आफ्नो टिम माथी आक्रमण भएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता तथा सभापति पदकाका उमेदवार रहेका बिकास बिष्टले जानकारी दिए ।
उनले भने कुरा निर्वाचनको हैन सरकारले निजामती सेवा बिधेयक पारित गर्न लागेको र त्यो विधेयकको विरोध गर्नको लागि त्यसको आन्दोलनको लागि विद्यार्थीहरुलाई अनुरोध गर्न गएका थियो त्यो क्रममा हाम्रा उपमहासचिव लगायत हाम्रो टोलीलाई प्रशासनमा बोलाएर भौतिक आक्रमण गरियो ।
तर स्ववियु सभापति कुबेर खड्काले भने , त्यस्तो के पनि नभएको आफु स्ववियु सभापति भएकाले विद्यार्थीको पढाईमा अवरोध सिर्जना नगर्न भन्दा सामान्य विवाद भएको बताए छन् । आफुले कुनै संगठनको स्वार्थले भन्दा विद्यार्थीको पढाइलाई ध्यान दिनु्पर्छ भन्दा दिँदा विवाद सिर्जना भएको बताए छन् ।