दार्चुला मंसिर ०४ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर २ नरोली र वडा नम्वर ५ चिनाडी जोड्ने झोलुङगे पुलको डिपिआरका लागी स्थलगत अध्ययन गरीएकाे छ । प्रदेश सरकारको स्थानिय पुर्वाधार विकास मन्त्रालयको टोलीले स्थलगत रुपमा पुगी उक्त झोलुङगे पुलको डिपिआर अध्ययन गरेकाे हो ।
गत भदौ १३ गते रातिको अविरल वर्षा सँगै आएको विनासकारी वाढि र पहिरोले उक्त क्षेत्रको झोलुङगे पुल पुर्ण रुपमा वगेको थियो । सोही क्षेत्रमा स्थानियहरुलाई आवत जावतमा समस्या रहेको भन्दै दहुुँ गाउँपालिकाको विशेष पहलमा सुदुरपश्चिम प्रदेश सरकारको स्थानिय पुर्वाधार विकास मन्त्रालयको टोली सुक्रवार उक्त क्षेत्रमा पुगी डिपीआरका लागी स्थलगत अध्ययन गरी शनिवार जिल्ला फर्किसकेको छ ।
उक्त पुलको लम्वाई १ सय २१ मिटर रहेको छ भने उचाई ६१ मिटर रहेको डिपिआरका निमित्त उक्त क्षेत्र पुगेका ईन्जिनियर बसन्त अाेलीले जानकारी दिए । डिपीआर तयार पारी मन्त्रालयमा पेश गर्ने र सरकारले छिट्टै वजेट विनियोजन गरी निर्माणकार्य गर्ने ईन्जिनियर वलीले वताए । झोलुङगे पुल निर्माण हुने भएपछि स्थानिय हर्षित भएका छन । अहिले उक्त क्षेत्रका स्थानियहरु जाेिखम माेलेर आवत जावत गर्न वाड्ढय भएको छ ।
उक्त क्षेत्रका महिलाहरु दाउरा वोक्दै गर्दाको यो तस्विर हेर्नुहोस् ।