दार्चुला, मंसिर, ०४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलाबाट प्रदेश क्षेत्र नम्वर १ (क) प्रदेशसभा प्रतिनिधि पदमा कांग्रेस दार्चुलका द्धय युवा नेता निरज बहादुर बम र हरिस सिह महराले उम्मेदवारी दर्ता गराएका छन । द्धय नेताहरुले आफुहरुलाई अत्याधिक मत दिई जिताउन पालिका सभापति,वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल गर्नु भएको छ । कांग्रेस दार्चुलामा पछिल्लो समय युवाहरुले विभिन्न पदमा उम्मेदवारी दिनु भएको छ ।