धनगढी–नेपालको संगीत उद्योगमा नयाँ गीत “म राजा तिमी रानी“ सार्वजनिक भएको छ। नेपाली सांगीतिक पारखीहरूको मन जित्ने उद्देश्यले ल्याइएको यस गीत प्रेमिल भावमा आधारित छ, जसले एक प्रेमी जोडीबीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ।

गीतमा चर्चित गायक–गायिका शान्ति श्री परियार र श्रीकान्त राना क्षेत्री को स्वर रहेको छ। उनीहरूको मन छुने गायकीले गीतलाई थप गहिराइ दिएको छ। गीतकार मनोज बिष्टले प्रेमिल अनुभूतिलाई शब्दमा पोखेका छन् भने संगीतकार श्रीकान्त राना क्षेत्रीले मीठो धुन तयार पारेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ कृष्ण बजुरेलीले गरेका छन्, जसले गीतलाई उच्च स्तरको बनाएको छ।
“म राजा तिमी रानी“ को म्युजिक भिडियोको मुख्य आकर्षण यसका कलाकार, लोकेसन, छायांकन र निर्देशन हुन्। सुरक्षा इटानी (सुरु) र मनोज बिष्ट को मुख्य भूमिका रहेको यस भिडियोमा उनीहरूको लोभलाग्दो अभिनय देख्न सकिन्छ।

सहायक भूमिकामा मीरा डंगोल प्रस्तुत भएकी छिन्, जसले अभिनयसँगै मेकअप आर्टिस्टको भूमिका पनि निभाएकी छन्। भिडियोको सम्पूर्ण दृश्यलाई रक कौशलले आकर्षक तरिकाले छायांकन गरेका छन्, जसले गीतको भावानुकूल सुन्दर दृश्य सिर्जना गरेको छ।

भिडियो सम्पादन निर्देशन, तथा कलर ग्रेडिङ ओम प्रकाश अवस्थी (ईश्वर) ले गरेका छन्। भिडियोको ब्याकग्राउन्ड डाइलग बिभुषा बस्नेतले दिएकी छन, जसले भिडियोको कथा थप सशक्त बनाएको छ।

यस म्युजिक भिडियोको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य लल्टिन पिक्चर्सले गरेको हो। भिडियो छायांकनदेखि सम्पादनसम्मको कामलाई आकर्षक बनाइ दर्शकलाई फरक अनुभूति दिने प्रयास गरिएको छ। भिडियोको व्यवस्थापनमा दीपक सिवाकोटी को महत्त्वपूर्ण भूमिका रहेको छ।
“म राजा तिमी रानी“ गीतले प्रेममा रहेको समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्छ। गीतका शब्दहरूले प्रेमी–प्रेमिकाको गहिरो प्रेमबन्धनलाई उजागर गर्छन्। भिडियोमा पनि यो भाव स्पष्ट देखिन्छ, जसले दर्शकहरूलाई भावुक बनाउने आस रहेको गायक तथा संगितकार श्रीकान्त राना क्षेत्रीको भनाई रहेको छ।

गीतको सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्। श्रोता तथा दर्शकहरूले गीतको शब्द, संगीत र भिडियोलाई मन पराएका छन्। विशेषगरी, गीतको कर्णप्रिय धुन तथा आकर्षक भिडियो निर्देशनले प्रशंसा पाइरहेको छ।

हेर्नुहोस् “म राजा तिमी रानी“ म्युजिक भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय