दार्चुला —जिल्लाको महाकाली नगरपालिका–९ बस्ने ३९ वर्षीय विक्रम सामन्तको भारतको पिथौरागढमा उपचारका क्रममा निधन भएको छ। हिजो (चैत्र १२ गते) जीपबाट खस्दा घाइते भएका उनको राति १:०० बजे मृत्यु भएको हो।

दार्चुलाको सदरमुकाम खलंगाबाट थाप्लातर्फ जाँदै गरेको सु.प.प्र. ०४००१ज००९६ नम्बरको जीपको ढोका अचानक खुल्दा सामन्त खसेर गम्भीर घाइते भएका थिए। उक्त जीप चालक मालिकार्जुन गाउँपालिका–२ भगवतीका ४३/४४ वर्षीय नरेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घाइते सामन्तलाई जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको थियो। तर उपचारकै क्रममा राति १:०० बजे उनको निधन भएको परिवार स्रोतले जनाएको छ। मृतकका दाजु रमेश सिंह सामन्तले बिहान ६:०० बजे दार्चुला प्रहरीले घटनाबारे जानकारी दिएको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय