बैतडी: बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०६,पन्ज्युनयाँ  गाउँस्थित श्रीराम मन्दिरमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण कार्य सम्पन्न भएको छ। हाल मन्दिरको बाह्य रङ्गरोगन लगायतका अन्य निर्माण कार्यहरू जारी छन्।

धार्मिक रूपमा महत्त्वपूर्ण यस स्थलको उल्लेख स्कन्द पुराणमा समेत पाइन्छ। बैतडीको साविक ढीक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यो स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको छ।

यस वर्षको रामनवमी, २०८१ चैत २४ गते, भगवान श्रीरामको मूर्तिको औपचारिक उद्घाटन गरिने छ। यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्नेछ, जसमा बैतडी, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता रहनेछ।

श्रीराम मन्दिरमा मूर्ति निर्माण लगायतका कार्यहरूमा स्वेच्छाले दान गर्न इच्छुक महानुभावहरूले नेपाल बैंक लिमिटेडको क्युआर कोड स्क्यान गरेर सहयोग गर्न सक्नेछन् अथवा राममूर्ति निर्माण समितिका अध्यक्ष बिरसिंह कार्की (मो. 9848831273) सँग सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय