दार्चुला – सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको जिल्ला शाखा दार्चुलाको प्रथम भेला दार्चुला बहुमुखी क्याम्पस खलंगाको सभाहलमा सम्पन्न भएको छ। संस्थाका केन्द्रिय सदस्य तथा कलाकार मनोज धामीको अध्यक्षतामा सम्पन्न भेलाले आगामी छ महिनाभित्र जिल्ला अधिवेशनमार्फत कार्यसमिति चयन गरी संस्कृति अध्ययन तथा अनुसन्धानका कार्यहरू गर्ने निर्णय गरेको छ।

परिषद्ले तेह्र सदस्यीय तदर्थ समिति चयन गर्दै जिल्लाभित्रका भाषा, कला, संस्कृति, भेषभूषालगायतका समग्र सांस्कृतिक क्षेत्रको अनुसन्धानलाई प्राथमिकता दिने अध्यक्ष मनोज सिंह धामीले बताए।

अधिवेशन सम्पन्न गर्नका लागि उपप्राध्यापक, साहित्यकार तथा रचनाकार विष्णु दत्त जोशीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ। जसमा उपाध्यक्ष भोजराज भट्ट, सचिव महेश प्रसाद जोशी, कोषाध्यक्ष सुमित्रा कुँवर, तथा सदस्यहरू पदम सिंह बडाल, खेमराज जोशी, कृष्ण धामी, निर्मला धामी, ममिता कुमारी ठगुन्ना, प्रेम सागर जोशी, उपेन्द्र सिंह ठगुन्ना, लोकेन्द्र सिंह डागा, र चरन ठगुन्ना रहेका छन्।

उपेन्द्र सिंह ठगुन्नाले उक्त जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय