दार्चुला मंसिर ०५। नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा प्रथम क्षेत्रीय अधिवेसन शनिबार उद्घाटन भएको छ । प्रदेशसभा क्षेत्र नम्बर (क) को अधिवेसन खलंगा र (ख)को अधिवेसन गोकुलेश्वरमा औपचारीक कार्यक्रमका बिच उद्घाटन भएको हो । अधिवेसनबाट नेतृत्व चयनका लागि छलफल भइरहेको छ । शनिबार बेलुकीनै उम्मेदबारी दर्ता भइसकेको र आइतबार दिउँसोसम्म सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने नेताहरुले बताएका छन् ।

दार्चुलाको प्रदेशसभा क्षेत्र नम्बर (क) मा सभापतीका लागि मन्दिरसिह धामी र गणेशसिंह धामीको उम्मेदवारी परेको छ । यस्तै उपसभापतीमा बहादुरसिह खत्री, गोपाल सिह कार्की, विरादत्त भट्ट र सुन्दरसिह धामीको उम्मेदवारी परेको छ । सविच पदका लागि हरित्त जोशी, पुष्करराज जोशी र जयसिह बोहराको उम्मेदबारी परेको छ । सहसचिव पदमा सञ्जा ऐरी, बिरुराम लुहार, कलमसिह धामी, कविता शाही चन्द, राजेशराज पन्तको उम्मेदवारी परेको नेबि संघ दार्चुलाका प्रवक्ता दिपक खातीले जानकारी दिए । प्रदेशसभा अधिवेसन प्रतिनिधिमा समेत केहि प्रतिनिधि निर्विरोध भइसकेका छन । केहिमा सहमति नजुटे निर्वाचन हुने देखिएको छ ।

प्रदेश क्षेत्र नम्बर (ख) सभापतीका लागि जगत ठगुन्ना र केशव बहादुर सिंहको उम्मेदवारी परेको छ । सचिवका लागि जगदिश बहादुर बिष्ट, धर्म बहादुर खडायत खडायत र उद्धवसिह ठगुन्नाको उम्मेदवारी परेको तरुण दलका नेता सुरेश बिष्टले जानकारी दिए । उपसभापतीमा लक्ष्मण डागा र डम्बर कार्की निर्विरोध निर्वाचित भएका छन् । अपांगमा समेत केशव जोशीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध हुने बताइएको छ । सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा महिला ५ जना सर्वसम्मत चयन हुने र पुरुष खुला ७ हुनुपर्नेमा १० जनाको उम्मेदवारी परेकोले सहमति नजुटे निर्वाचन हुने उनले वताए । कांग्रेश दार्चुलाको क्षेत्रीय समितिमा सभापती एक, उपसभापती दुई, सचिव दुई र सहसचिव दुई जना रहने प्रावधान रहेको छ ।

कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती ललितसिह बोहरा र उपसभापती एबं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामीले दाबी गर्नुभएको छ । वर्तमान सभापती बोहराले पार्टीलाई बलियो बनाउन एक कार्यकाल आफुले दोहोरिन चाहेको भन्दै सबै नेता कार्यकर्तालाई सहयोगका लागि अनुरोध गरिरहेका छन भने लामो समय कांग्रेशको राजनीति गरेको र जिल्ला उपसभापती समेत भएकोले आफुले सभापती पाउनुपर्ने भन्दै मेयर धामीले समेत सबैलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् । अरु पदाधिकारीहरुमा समेत नेताहरुले आफ्नो दाबी पेश गर्ने बताएका छन् ।

नेपाली कांग्रेशका केन्द्रिय सदस्य एबं कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताउनुभएको छ । विभिन्न पदका लागि दुई वा दुई भन्दा बढी नेताहरुले दाबी गरिरहेको अवस्थामा पार्टीलाई बलियो बनाउन सहमतिको विकल्प नभएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय