
काठमाडौँ: काठमाडौंको तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार भिड नियन्त्रणका लागि ६० राउन्ड गोली प्रहार गरिएको थियो, जसमा २ राउन्ड पेस्तोलबाट र ५८ राउन्ड राइफलबाट फायर भएको थियो।
झडपमा प्रहरीले ७४६ थान अश्रुग्यास प्रहार गरेको छ भने १९२ थान ब्ल्यांक राउन्ड फायर गरेको छ। भिड नियन्त्रणका क्रममा २७ वटा लाठीसमेत भाँचिएको प्रहरी तथ्यांकमा उल्लेखछ।