दार्चुला — दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका विविध पक्षमा छलफल तथा अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा उजुरी व्यवस्थापन, खरिद–बिक्री प्रक्रिया, शिक्षा र विकास योजनाका सन्दर्भमा विशेष छलफल गरिएको गाउँपालिकाका एमआईएस अपरेटर लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप–सचिव लक्ष्मीप्रसाद जोशीले विषयवस्तु प्रस्तुत गर्दै सहभागीहरूसँग संवाद गर्नुभएको थियो। आयोग कञ्चनपुरका प्रमुख सह–सचिव वेदप्रकाश भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामी, शाखागत कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उपभोक्ता समिति तथा वन समितिका पदाधिकारी, स्थानीयवासी लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय