दार्चुला मंसिर ०५। नौगाड गाउँपालिकामा नेकपा माओबादी केन्द्रको पालिका सम्मेलन आईतवार सम्पन्न भएको छ । धनिरामसिहं ठगुन्नाको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।
कमिटीको उपाध्यक्षमा गायत्री रावल, गोरे धामी, बहादुर टमटा, सचिवमा राजेन्द्र सिह बोहरा, सह–सचिवमा लालसिहँ डडाल र कोषाध्यक्षमा बिरेन्द्रसिहँ धामी चयन हुनुभएको छ ।
नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावारण मन्त्री मानबहादुर धामीको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी माओबादी दार्चुला जिल्ला कमिटी सचिवालय सदस्य दल्जितसिहँ धामी लगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री धामीले नौगाड सरकारलाई दरवारको संज्ञा दिदै नौगाड दरवार माथी संखा उब्जिएको टिप्पणी गरे । विकास र परिवतर्ननमा नेकपा माओबादी केन्द्रको देन रहेको बताउदै उनले अन्य राजनीतिक दलहरुलाई विभिन्न आरोप लगाए ।
यस्तै मार्मा गाउँपालिका अध्यक्ष जमन धामीले दिल्ली भागेको भगौडा बोलाएर पार्टीमा ल्याउदा समेत घात गरेको टिप्पणी गरे । विकासका लागि माओबादीमय देश बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले समृद्धि कसरी ल्याउनु पर्छ भनेर मार्मा बाट सिक्न अनुरोध गर्नु भयो । अहिले देशमा माओबादीमा जनलहर बढ्दै गएको उनले वताए ।