दार्चुला – राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा बारे अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै बोर्डले सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको भन्ने झुटा खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बोर्डले यस्तो भ्रामक समाचार फैलाउनेहरूलाई निगरानीमा राखी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। साथै, परीक्षा जस्तो संवेदनशील विषयमा गलत सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ।

