दार्चुला — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही दिनका लागि सार्न निर्देशन दिएका छन्।

बालुवाटारमा आज बिहान परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले भेटमा प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै तत्कालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। सबै संयन्त्र प्रयोग गरेर परीक्षा गराउने तयारीमा रहे पनि प्रधानमन्त्रीको निर्देशनपछि अब परीक्षा सारिने पक्का भएको हो।

परीक्षा सार्ने विषयमा बोर्ड बैठक बस्ने तयारी भइरहेको छ भने केहीबेरमा परीक्षा बोर्डले औपचारिक सूचना जारी गर्दै नयाँ मिति सार्वजनिक गर्ने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय